शनिबार, मंसिर २७, २०८२
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट सात जना पक्राउ

काठमाडौं :  नागार्जुन नगरपालिका-४ सितापालास्थित ताम्राकार हाउसको पार्किङमा रहेको बागमती प्रदेश ०१-०२५ च १२२९ नम्बरको भ्यानमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-३ बस्ने ३१ वर्षीय आकाश गजुरेल लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय