पनौती पर्यटन बिकास केन्द्रको पदस्थापन कार्यक्रम सम्पन्न

काभ्रे । पनौती पर्यटन बिकास केन्द्रले एक कार्यक्रमका बीच पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
श्रावण २१ गते स्थापना दिवसको दिन भएको १२ औं बार्षिक साधारण सभाको अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापन भएको हो । २०६५ सालमा स्थापना भएको पनौती पर्यटन बिकास केन्द्रको १२ अधिबेशनबाट अध्यक्षमा पुरुषोत्तम कर्माचार्य निर्वाचित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी पनौती नगरपालिकाको प्रमुख रामशरण भण्डारी रहेका थिए । प्रमुख अतिथि भण्डारीले पनौतीमा रहेको हरेक पर्बहरुलाइ पर्यटनमा जोड्नुपर्ने बताएका छन् । उनले पनौतीको पर्यटन बिकासको लागि समुदायहरुलाइ संग संगै लैजानुपर्नेमा जोड दिदै पर्यटनको सम्भावना भएको पनौतीमा पर्यावरण पर्यटन,धार्मिक पर्यटन र कृषि पर्यटनलाई सफल पार्नको लागि आगामी दिनहरूमा विभिन्न कार्यहरू गर्दा पनौती बिकास केन्द्रलाई सहयोग गर्ने पनि बताएका छन् ।
पनौती पर्यटन बिकास केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र महाजु पनौतिको कला तथा संस्कृतीको जगेर्ना गर्नको निमित्त पनौती पर्यटन बिकास केन्द्रको स्थापना भएको बताउदै आफुले पनि पनौतिलाइ चिनाउन भरपुर प्रयास गरेको र अबको कार्यसमितिले पनि पनौतीलाई चिनाउनको लागि कार्यहरू गर्ने आशा व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले धार्मिक तथा कृषि पर्यटन भित्र्याउन हामिले पहल गर्नु पर्ने बताएका छन् । उनले पनौती हराभरा बनाउन बाहिरका मान्छे नआउने बताउदै हामी पनौतीबासिले नै सफा सुन्दर र हराभरा बनाउनु पर्नेमा जोड दिएका छन् । सस्थापक अध्यक्ष सुरेश सैजुले स्थापनाकाल देखि नै पनौती बिकास केन्द्रले पनौतीको पर्यटन बिकासको लागि सदैव तल्लीन रहेर काम गरिरहेको बताएका छन् ।
कार्यक्रमको सभाध्यक्ष एबम पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती बिकास केन्द्रलाई पनौतीको ७ न वडा मा मात्र सिमित नराखी १२ वटै वडामा बिस्तार गर्ने र भबिस्यमा जिल्लामा र नेपाल भरिनै पनौती को कला र सस्कृतीक चिनाउन लागि पर्ने बताएका छन् । उनले सबैले साथ र सहयोग पाएमा तत्कालै पनौतीमा पर्यटन बस ल्याउन सकिने औल्याएका छन् ।
पनौती पर्यटन बिकास केन्द्रले हाल ११ सदस्यीय कार्यसमिति बनाएको छ । जसमा अध्यक्ष पुरुषोत्तम कर्माचार्य, उपाध्यक्ष बिकास होराजु,महासचिव सिजन सुधाकर,सचीव सपना कक्षपटि उलक,कोषाध्यक्ष श्रवण कुमार खिम्बनजार रहेका छन् । त्यसैगरि सदस्यहरुमा श्यामहरि महाजु, जीवन सुन्दर रघु श्रेष्ठ ,हिरामाया मानन्धर ,प्रशान्त श्रेष्ठ र बिकास सैजु रहेका छन् ।कार्यक्रममा पर्यटन संग सम्बन्धि सरोकारवालाहरुको उपस्थित रहेको थियो ।