जुवातास खेलिरहेको अवस्थामा बर्दियाबाट पाँच जना पक्राउ

बर्दिया : गुलरिया नगरपालिका-३ खैरीस्थित प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्रतिक्षालयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय