उपत्यका ट्राफिक प्रहरीद्वारा सवारी साधनको अवस्थाबारे चेकजाँच

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सवारी साधनको अवस्थाबारे चेकजाँच गरेको छ । प्रहरी प्रधान कार्यालयका प्राविधिकहरुको सहयोगमा बुधबार त्रिभुवन विश्वविद्यालयको गेटमा सवारी साधनको अवस्थाबारेमा चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं हुँदै मकवानपुर र वीरगञ्ज चल्ने टाटा सुमो, बोलेरो, माइक्रोबस र सामान ओसार्ने भ्यानको ब्रेक, स्टेरिङ र इन्जिन आयलको अवस्थाबारे जाँच गरिएको छ । चेकजाँचको क्रममा ३४ वटा सवारी साधनमा त्रुटी भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार इन्जिनको अवस्था नाजुक भएका ३ वटा सवारी साधानलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । अन्य सवारी साधनलाई ५ सय जरिवाना गरेर सवारीको अवस्था सुधार्न चेतावनी दिएको छ ।

काठमाडौंबाट वीरगञ्ज चल्ने एउटा माइक्रोबसको ह्याण्ड ब्रेक नै नलाग्ने गरेको भेटिएको छ । चेकजाँच गरेका मध्ये टाटा सुमोहरु ९८ प्रतिशतमा समस्या देखिएको छ । सार्वजनिक सवारीको अवस्था चेकजाँचका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआइजी मिरा चौधरी आफैं फिल्डमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस