ट्राफिक नियम उल्लंघन गरेर फरार रहेका ६३ जना सवारी चालकलाई कारवाही

काठमाडौं : ट्राफिक नियम उल्लंघन गरेर फरार रहेका ६३ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लघंन गर्ने ३१ जना, एकतर्फी सडकविपरीत सवारी साधन चलाउने २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना र यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार सीसीटिभीमा कैद भएको भिडिओ फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही गरिएको हो । भदौ १ गतेदेखी १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजी गरि ९७ जना चालकमध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस