शनिबार, मंसिर २७, २०८२
बालिकालाई बेचबिखनका लागि भारत लग्दै गरेको अवस्थामा तीन जना पक्राउ

धनुषा : दुई बालिकालाई बेचबिखनका लागि भारत लग्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर टोल बस्ने २६ वर्षीय रूपेश कुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुलाई जनकपुरधाम–जयनगर रेलबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार  दुवै बालिकालाई डेराबाट ललाई–फकाई ईनर्वा रेल्वे स्टेसन हुँदै भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय