शनिबार, मंसिर २७, २०८२
ट्राफिक प्रहरीद्वारा उपत्यकामा एकै दिन ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही

काठमाडौं : उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५२४ जना सवारी चालकलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाही पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेका छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय