चलचित्र निर्माता संघको अध्यक्षमा खड्का

काठमाडौं : नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का चयन भएका छन् ।  संघको अध्यक्षमा खड्का निर्विरोध निर्वाचित भएका हुन् । बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् ।

यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।
महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ । नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस