विद्यार्थीहरुलाई साईबर क्राईम बारे सचेत गराउँदै काभ्रे प्रहरी

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले जिल्लाको पनौती नगरपालिका स्थित एसओएस बालग्राम काभ्रेका विद्यार्थीलाई साईबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एसोओएस बालग्रामका कक्षा ८ देखि १२ सम्मका विद्यार्थिहरुलाई भदौ १६ गते साईबर क्राईम र सो सम्बन्धि भएका कानुनि व्यवस्था सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उक्त जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले साईबर क्राईम र सो सम्बन्धि भएका कानुनि व्यवस्था सम्बन्धि प्रस्तुतीकरण दिएकी थिईन् ।

त्यस्तै जिल्लाको धुलिखेल नगरपालिाक वडा नं ७ स्थित नमुना संजिवनि माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले साईबर क्राईम सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भदौ १७ गते  सोहि विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले साइबर अपराध र सो सम्बन्धमा रहेको कानुनी प्रावधान सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय