८८ जना विद्यार्थी ट्राफिक प्रहरीको कारवाहीमा
काठमाडौं : ट्राफिक प्रहरीले स्कुल–कलेजका ८८ जना विद्यार्थीलाई कारवाही गरेको छ । स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तरगत शुक्रबार ८८ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा सवारी साधन चलाउने चार जना विद्यार्थी चालक कारबाहीमा परेका हुन्।
यस्तै नम्बर प्लेट दुरुस्त नभएको सवारी साधन चलाउँदै गरेका चार जना, दुईपाङ्ग्रे सवारी साधनमा तीन जना सवार दुई जना चालक र हेल्मेट नलगाएका एक जना चालकलाई पनि आजै कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार साउन ३० गतेबाट सुरु भएको स्कुलरकलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म ६ सय ७९ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरेको छ।