उपत्यकामा एकैदिन २ हजार ७०२ सवारी चालकलाई ट्राफिक प्रहरीको कारवाही
आइतबार, भाद्र १९, २०७९ | १५:३६:२५
काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । शनिबार ट्राफिक नियम उल्लंघन गरेका २ हजार ७०२ जना सवारी चालकलाई उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले कारवाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।
यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।