ट्राफिक प्रहरीको ‘ब्ल्याक एण्ड ह्वाइट’ अपरेसन : एकै दिन ७४० जना सवारी चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ब्ल्याक एण्ड ह्वाइट’ नामक अपरेसन सुरु गरेको छ। भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ट्राफिक प्रहरीले ‘ब्ल्याक एण्ड ह्वाइट’ नामक अपरेसन सुरु गरेको हो ।

उक्त अपरेसन अन्तर्गत ट्राफिक प्रहरीले मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरेको थियो ।चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरू कारबाहीमा परेका छन्।

भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भावित दुर्घटना न्यूनीकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस