नक्कली नोट सहित रोशीबाट एक युवक पक्राउ
काभ्रे : नक्कली नोट सहित जिल्लाको रोशी गाउँपालिकाबाट एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं ०८ कमाने घर हुने वर्ष ३० को नारायण पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार उनलाई प्रहरीले रोशी गाउँपालिका वडा नं०७ बडारे गाउँबाट भदौ २३ गते पक्राउ गरेको हो । पाख्रिनले नम्कली नेपाली रुपैयाको नोटहरु बोकी हिडी रहेको छ भन्ने जिल्ला प्रहरी कार्यालय काभ्रे लाई आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
उनका अनुसार सूचना पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कानुन बमोजिम नियन्त्रणमा लिई निजको शरिर समेत तलासी गर्दा पाख्रिनको साथबाट नक्कली नेपाली रुपैया १००० दरको थान ९,सक्कली नेपाली रुपैया १००० दरको थान १ बरामद गरिएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरी ‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसूरमा काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।