नेपाल आदिवासी जनजाति महासंघ काभ्रेको अध्यक्षमा सुरेश भुजेल
काभ्रे : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष लेखराम सारु (बबाल) को अध्यक्षतामा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो।
महासंघको आफ्नै भवन बनेपा बुडोलमा सम्पन्न भएको उक्त अधिवेशन महासंघको संघीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अधिवेशनबाट सुरेश भुजेलको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको छ । वरिश्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी, श्रीकृष्ण पहरी, सचीव हरि चन्द्र लामा कोषध्यक्ष पहिलो बैठकले मनोनीत गर्ने सहसचीव पुन माया कर्माचार्य श्रेष्ठ, सम्भु बहादुर गुरुङ,सदस्यहरुमा क्रमशः रेशम माझी, तिब्त दर्लामी मगर, जमुना भुजेल, देव लामा, भुपाल सिह तामाङ, लाल बहादुर वाइवा, छेवाङ लामा, सिताराम लामा, राजकुमार लामा,रहेका छन् ।
कार्यक्रममा अन्य अतिथिहरुमा निवर्तमान जिल्ला अध्यक्ष कान्छाराम तामाङ, तामाङ घेदुङको केन्द्रिय उप–महासचिव हर्क तामाङ, भुजेल सामाज सेवा समितिको केन्द्रिय सचीव रामगोपाल भुजेल, तामाङ घेदुङको जिल्ला अध्यक्ष फुर्साङ लामाको उपस्थिति थियो भने स्वागत मन्तव्य विकास लामाले राख्नु भएको थियो साथै कार्यक्रम संचालन हरि चन्द्र लामाले गरेका थिए ।