सोमबार, बैशाख १४, २०८३
आत्महत्या रोकथामका लागि मण्डनदेउपुरमा काभ्रे प्रहरीको सचेतनामूलक कार्यक्रम

काभ्रे : आत्महत्या रोकथामका लागि जिल्लाको मण्डनदेउपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नं ८ स्थित मुलाबारीमा भदौ २५ गते विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी हिंगुवापाटिले आत्महत्या रोकथाम कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १ सय १९ वटा आत्महत्याका घटनाहरु दर्ता भएका छन् । जसमा मण्डनदेउपुरमा ११ जनाले आत्महत्या गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय