शनिबार, मंसिर २७, २०८२
मोडल तथा फिल्म निर्देशक दीप सागरको निधन

काठमाडौं : मोडल तथा फिल्म निर्देशक दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन भएको हो ।

सुगर तथा मृगौला रोगबाट पिडित उनले ‘पुरानो पुस्ता’ को समेत निर्देशन गरेका थिए । फिल्म ‘नमस्ते डोल्पा’ मा नायकको भूमिकामा निर्वाह गरेका सागरले लोकगीत ‘बेनीको बजार’, ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्यो फुरुरु’, ‘मेरो घान्द्रुक गाउँ’, ‘हङकङ आइडीले’ लगायत दर्जनौ म्युजिक भिडियो अभिनय तथा सय बढी म्युजिक भिडियो निर्देशन गरेका छन् ।

सागरको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनी नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय