यौनजन्य हिंसा न्यूनिकरण गर्न काभ्रे प्रहरीको सचेतनामूलक कार्यक्रम

काभ्रे : यौनजन्य हिंसा न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयले विभिन्न स्थानमा यौनजन्य हिंसा न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला काभ्रे धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज सार्वजनिक यातयातमा हुने यौन हिंसा र सेफ्टि पिन सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै काभ्रे प्रहरीकै सक्रियतामा जिल्लाको पनौती नगरपालिकामा पनि यौनजन्य हिंसा न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको पनौति नगरपालिका वडा नं ७ स्थित प्रहरी चौकि पनौतीबाट खटिएको प्रहरी टोलिले आज स्थानीय, जनप्रतिनिधिहरु, महिला तथा बालबलिकाहरुलाई भेला गराई यौनजन्य हिंसा र सेफ्टि पिन सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

आत्महत्या रोकथामका लागि सचेतनामूलक कार्यक्रम
आत्महत्या रोकथामका लागि जिल्लाको तेमाल गाउँपालिकामा काभ्रे प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । तेमाल गाउँपालिका वडा नं ७ स्थित प्रहरी चौकी पोखरी नारायन स्थानबाट खटिएको प्रहरीकाले टोलीले त्यहाँका स्थानीय नागरिक समाजहरु भेला गराई आत्मा हत्या रोकथाम सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरीका कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस