शनिबार, मंसिर २७, २०८२
स्रोत नखुलेको ७२ लाखसहित रुपन्देही सीमा क्षेत्रबाट एक जना पक्राउ

रुपन्देही : स्रोत नखुलेको ७२ लाखसहित रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको ७२ लाखसहित उनलाई पक्राउ गरिएको हो । सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय