जुवातास खेलिरहेको अवस्थामा पोखराबाट नौ जना पक्राउ

कास्की : पोखरा महानगरपालिका-७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा सुबेदी लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस