सोमबार, बैशाख १४, २०८३
बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा तीन युवक पक्राउ

मुगु : मुगुमा बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा भदौ २३ गते राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखि विस्तृत अनुसन्धान भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय