महिला साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने
मंगलबार, भाद्र २८, २०७९ | २०:२१:०४
काठमडौँ : साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले हराउँदै भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।
अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल भारतसँग पराजित भएको थियो । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । खेल ५ः३० बजे सुरु हुनेछ । यसै दिन हुने पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।