जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

बाँके : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६८ जेठ १ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय