बेथानचोक–४ चलाल गणेशथानमा पहिरोले पुरिएर दुई जनाको मृत्यु , एक जना घाइते

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चलालगणेशथान स्थित गणेशस्थान ढुंगाखानीबाट झरेको पहिरोमा परेर स्थानीय ४४ वर्षीय निर बहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरोले पुरिएर ठुलीमाया तामाङ गम्भिर भएको र उनको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी नायब उपीक्षक अन्जना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आज बिहान ३ः३० बजे ढुंगाखानीबाट झरेको पहिरोले निर बहादुर तामाङको तीन तल्ले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ ।

पहिरोले पुरिएका उनीहरुको नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीले उद्धार गरेको थियो । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस