वीरगञ्ज : लागुऔषध चरेससहित वीरगञ्जबाट तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने कल्पना मोक्तान, कवितामाया बल र रीता विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डमा ना.२ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले १३ किलो ८ सय ग्राम चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका तीनै जना महिलामाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।



















