जबरजस्ती करणी गरेको अभियोगमा कोटेश्वरबाट एक जना पक्राउ

काठमाडौं  : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस