काभ्रे : जिल्लाको धुलिखेल स्थित श्री पूर्ण सञ्जिवनी माध्यमिक विद्यालयका विद्यार्थीलाई काभ्रे प्रहरीले सचेनामूलक कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा आज विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
UNICEF नेपालको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग (महिला,बालबालिका जेष्ठ नागरीक सेवा निर्देशनालय) बाट संचालित Strengthening Nepal Police women, citizen and senior citizens service directorate on justice for children परीयोजना अन्तर्गत विद्यार्थीहरुलाई सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
बाल अधिकार , बालबालिका सम्बन्धि घट्ने अपराध, बिधुतिय अपराध , लागुऔषध नियन्त्रण , सवारी दुर्घटना न्युनिकरण , कानुनि प्रावधान , उजुरी प्रकृया सम्बन्धि विषयमा कार्यालयका प्रहरी नायब निरिक्षक राजकुमारी श्रेष्ठले प्रस्तुतीकरण दिएकी थिइन् ।
उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ९६ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।



















