सोमबार, बैशाख १४, २०८३
अनैतिक सम्बन्ध बाहिरिने डरले जेठाजुले गरे बुहारीको हत्या

धनुषा : धनुषमा अनैतिक सम्बन्ध बाहिरिने डरले जेठाजुले बुहारीको हत्या गरेको खुलासा भएको छ । हत्यामा संलग्न मृतकका जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको टछ ।

धनुषाको शहीदनगर नगपालिका –३ यदुकोह बस्ने अरुण दासकी २८ वर्षीया श्रीमती बबितियादेवि दासको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका जेठाजु विरेन्द्र दाससहित ३ जनालाई प्रहरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार बबितियालाई घरमै सुतिरहेको अवस्थामा तीनै जनाले मिलेर घाँटी कसेर मारेको अनुसन्धानबाट खुलेको छ । इज्जत जाने डरले दासले आफ्ना सालो शहीदनगर नगरपालिका–७ बस्ने १९ वर्षीय उमेश दास र नातामा काका पर्ने १९ वर्षीय सत्रुधन दासलाई प्रयोग गरी बबितियाको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

बबितियाका श्रीमान वैदेशिक रोजगारमा मलेसियामा रहेको अवस्थामा जेठाजु दासले आफ्नै भाइ बुहारी बबितियासँग अनैतिक सम्बन्ध बनाएको प्रहरीको दाबी छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय