काभ्रे : जिल्लाको बनेपा स्थित काभ्रे क्याम्पसमा आत्महत्या रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको समन्वय र सहकार्यमा आज क्याम्पसमा आत्महत्या रोकथामका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
आत्महत्या रोकथामका लागि सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आत्महत्याको अवस्था र न्यूनिकरणका उपाय सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रे जिल्लाका विभिन्न स्थानमा आत्महत्या रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।



















