शनिबार, मंसिर २७, २०८२
रोशीमा श्रीमानले गरे आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार

काभ्रे : जिल्लाको रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई आज बिहान ५ बजे खुकुरी प्रहार गरी गम्भीर घाईते जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रोशी गाउँपालिका वडा न ७ कन्टुन्जेका ३२ वर्षीय राजकुमार विकले शनिबार विहान ५ बजे श्रीमती ३१ वर्षीय साइँली विकलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानै रोशी गाउँपालिका–११ स्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहार गरेका राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरायसी झगडा भएपछि श्रीमती साईली माइत गएकी र राजकुमार एकाविहानै ससुराली पुगेर सबै सुतिरहेको अवस्थामा बिकले श्रीमतीमाथि खुकुरी प्रहार गरेर भागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलटारले उनको खोजि गरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी बिकको श्रीमती साइली बिक अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने राजकुमारलाई पक्राउ गरी थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय