सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं : सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने नेपाल प्रहरीको तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताए । उनका अनुसार इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको छ ।

१३ दिनअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आइपुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस