बुधबार, पौष ०२, २०८२
झापामा सर्पले डसेर एक वृद्धाको मृत्यु

झापा : झापामा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका–३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेकी छिन् ।

गोमन सर्पले डसेर घाइते भएकी राजवंशीलाई छिमेकीले करिब ३ बजेर १० मिनेटमा सर्पदंश उपचार केन्द्र ल्याएका थिए। उपचार केन्द्र ल्याई पुर्याउँदासम्म उनको शरीरभरि विष फैलिसकेको थियो।

उनलाई १० भाइल एन्टी स्नेक भेनम दिए पनि स्वास्थ्यमा खासै सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेर्फर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिए। उनका अनुसार राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय