नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस. जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न होटल ताज पुग्नुभएको छ।
सोमबार साँझ होटल पुग्नुभएका जयशंकर र प्रधानमन्त्री शाहबीच दुई देशबीचको सम्बन्ध तथा आपसी चासोका विषयमा शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। नयाँदिल्ली विमानस्थलमा उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादलगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो।



