आइतबार, मंसिर ०६, २०८३
दुईदिने भारत भ्रमणमा प्रधानमन्त्री बालेन शाह, नयाँदिल्लीमा स्वागत

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारतको नयाँदिल्ली पुग्नुभएको छ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो २ बजेर ८ मिनेटमा प्रस्थान गर्नुभएका उहाँ करिब ३ बजेर ३० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, नेपाल तथा भारतका राजदूत र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय