चोरीको मोटरसाइकल सहित काभ्रे चौंरीदेउरालीका एक युवक पक्राउ

काभ्रे : चोरीको मोटरसाइकल सहित काभ्रेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका–१ वाङथली घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका २७ वर्षीय पेमा तामाङ रहेका छन् ।उनलाई चोरी गरेको मोटरसाइकल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।

उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको    छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस