बेथानचोकमा बोलेरो गाडी दुर्घटना : आठ जना घाइते
बिहिबार, आश्विन ०६, २०७९ | १५:२५:२३
काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकामा बोलेरो गाडी दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ५ स्थित बालुवाखानीमा आज दिउँसो १ बजे बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खानीखोला गाउँपालिका जान लागेको बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डी राज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको अवस्था सामान्य रहेको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।