जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस