ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ

बर्दिया : बर्दियामा ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा घर भएका ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसी छन् । उनलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको हो ।

२०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ । हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस