निर्वाचनका लागि काभ्रेमा १ हजार ३९ जना म्यादी प्रहरी प्राम्भिक छनौट
काभ्रे : मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ। काभ्रेमा पनि म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षण लगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको छ ।
स्वास्थ्य तथा शारीरिक परीक्षणमा काभ्रेमा १ हजार ३९ जना म्यादी प्रहरी प्राम्भिक छनौट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । असोज ९ गते सम्पन्न भएक स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती परीक्षामा १ हजार ३९ जना उर्तीण भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उत्तीर्ण सबै परीक्षार्थी नयाँ हुन् । जिल्लामा म्यादी प्रहरीका लागि नयाँको दरखास्त परेको १३ सय ४९ जना मध्ये ११ सय २५ जना परीक्षामा सहभागि भएको कार्यालयका सूचना अधिकारी न्यौपानले बताए ।
काभ्रे जिल्लामा करिब १९ सय म्यादी प्रहरी आवश्यक पर्ने बताइएको छ । तर प्रहरी हेडक्वाटरले अहिलेसम्म संख्या तोकेको छैन। नयाँबाट लिखित परीक्षण पास गर्ने, यसअघिका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मी सहित गरेर १९ सय संख्या पुग्ने प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।
उनका अनुसार यसअघिका निर्वाचनमा म्यादी भइसकेका र पूर्व सुरक्षाकर्मीको भने सिधै अन्तरवार्ता हुनेछ । नयाँ दरखास्त दिनेको भोली लिखित परीक्षा हुनेछ । लिखित परीक्षा पास गर्नेको पर्सी १२ गते अन्तरवार्ता हुने परीक्षा तालिका सार्वजनिक भएको छ ।