उदयपुर : चौदण्डीगढी नगरपालिका-४ बसाह मेजरचोक बस्ने गौतम राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ७ सय २० रुपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















