किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

 भक्तपुर : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस