लागुऔषधसहित धनगढीबाट तीन जना पक्राउ
मंगलबार, आश्विन ११, २०७९ | १९:२३:३३
कैलाली : लागुऔषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन् । उनीहरूको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (न्युज कारखाना)