शनिबार, मंसिर २७, २०८२
अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ ।

अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन । यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो ।

त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् । स्वास्थ्य बिग्रिएपछि हैदरावादको कामिनी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी फेरि सुटिङ सेटमा फर्किइन् ।

दीपिका २०२३ मा शाहरुख र जोन अब्राहमको साथ ‘पठान’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ मा पनि देखिनेछिन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय