काठमाडौं : मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि कमेडी च्याम्पियन विजेता हिमेश पन्तले उम्मेदवारी दिने भएका छन् । पन्तले धादिङको क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेदवारी दिने भएका छन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् । स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको हो ।
रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।




















