बैंकिङ्ग तथा एटिएम सुरक्षा सम्बन्धि काभ्रे प्रहरीको अन्तरक्रिया कार्यक्रम

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सुरक्षा र एटिएम सुरक्षा सम्बन्धि अन्तरक्रिया सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलको प्रशिक्षण हलमा आज बैंकिङ्ग तथा एटिएम सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षार्थ खटिएका सुरक्षा गार्डहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सुरक्षा र एटिएमको प्रभावकारी सुरक्षा तथा अपराधिक घटना हुन नदिन सुरक्षा गार्डले ध्यान दिनु पर्ने कुराहरु र घटना भएमा गार्डले गर्नुपर्ने कामहरु सम्बन्धमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय