शनिबार, मंसिर २७, २०८२
खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या

झापा : आफ्नै आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षीय सन्त बहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रले खुकुरी प्रहार गर्दा दुबै जनाको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धानको लागि उनकै बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय