शनिबार, मंसिर २७, २०८२
ताप्लेजुङमा आइएमई मनिट्रान्सफरबाट नौ करोड रकम चोरी

ताप्लेजुङ : ताप्लेजुङको विरेन्द्रचोकमा रहेको आइएमई मनिट्रान्सफरबाट नौ करोड रकम चोरी भएको छ । आज सोमबार बिहान करिब ९ बजेको समयमा अम्बर श्रेष्ठको आइएमईबाट सो रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजोदेखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो । आज बिहान पनि करिब ९ बजेर १८ मिनेट तीर फोन आएको थियो । फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरू आइएमइ छिरेका थिए ।

तीमध्ये तीन जना आएर आशामायाको मुख, आँखा, हात, खुट्टामा टेप लगाएर लुटपाट गरेको आशामायालाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार पैसा र सुन गरेर करिब ९ करोड बराबरको धनमाल लुटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वास्तविक तथ्यांक आइसकेको छैन ।

प्रहरीका अनुसार लुटेराहरूको खाजीकार्य भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय