मंगलबार, बैशाख १५, २०८३
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित वीरगंजबाट चार जना पक्राउ

पर्सा : वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय