मंगलबार, बैशाख १५, २०८३
काभ्रे प्रहरीद्वारा बृहत रक्तदान

 

काभ्रे । “६७ औँ प्रहरी दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सञ्चालन गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज (बुधबार) जिल्लाको धुलिखेल स्थित सरस्वती बजारमा खुल्ला रक्तदान कार्यक्रम गरी प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजना, जिवित फाउण्डेशन र नेपाल रेड्क्रस साेसाइटी बनेपा, काभ्रेको समन्वयमा भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका थिए ।

कार्यालयले प्रहरी दिवसको अवसर रक्तदान लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरी दिवसलाई लक्षित गरेर कार्यालयले वृक्षरोपण, सरसफाई, विभिन्न विधाका खेलकुद कार्यक्रम गरेको कार्यालयका प्रमुख एसपी जोशीले बताए ।

महामारीको रुपमा फैलिएको लामखुट्टेबाट लाग्ने रोग डेंगुको कारण जिल्लामा रगत अभाव हुन थालेपछि रक्तदान कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जोशीले बताए । उनका अनुसार आम नागरिकको सुरक्षाको प्रत्याभूतिसँगै सामाजिक उत्तरदायित्व बहन गर्न र नागरिकसँगको प्रत्यक्ष सम्बन्ध प्रगाढ बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय