मंगलबार, आषाढ १६, २०८३
रोशी कप २०७९ को प्रथम उपाधि रोशी ९ पिन्थलीलाई

काभ्रे : रोशी कप २०७९ को प्रथम उपाधि रोशी ९ पिन्थलीले पाएको छ । आज सम्पन्न भएको रोशी कप २०७९ को प्रथम प्रतियोगितामा रोशी ९ले रोशी १० लाई हराएको हो ।

रोशी ९ ले रोशी १० लाई ० का विरुद्ध ३ गोलको अन्तरमा उपाधि चुम्न सफल भएको हो । उक्त प्रतियोगितामा रोशी १० वाल्टिङ उपविजेता बनेको छ । रोशी गाउँपालिकाको सहयोग तथा पिन्थली युवा क्लवको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा विजेता टिम रोशी ९ पिन्थलीलाई कार्यक्रमका सभापति तथा पिन्थली युवा क्लवका अध्यक्ष राजकुमार लामा, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनेश लामा, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा ज्वाला तथा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङद्धारा नगद रु।१ लाख सहित ट्रफि, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय