मंगलबार, बैशाख १५, २०८३
साढे नौ किलो चरेससहित पर्साबाट दुई युवक पक्राउ

पर्सा : साढे नौ किलो चरेससहित पर्साबाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय र २० वर्षीय राज चौरासिया रहेका छन् । वीरगञ्ज महानगरपालिका–८ रेल्वेरोडबाट साढे नौ किलो चरेससहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पैदल हिँडिरहेका उनीहरुको झोला खानतलासी गर्दा करणले बोकेको झोलाभित्र नौ किलो पाँच सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरिले जानकारी दिए ।

उनका अनुसार दुवै जनामाथि थप अनुसनधान भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय